‘ललितपुरमा बाध्यात्मक लोडसेडिङ हुनसक्छ’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
थानकोट–चापागाउ“–भक्तपुर १३२ केभी प्रसारणलाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ । विद्युत्को माग बढिरहेको तर हाल विद्युत् आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हु“दा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताउनुभयो ।

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महŒवपूर्ण मानिएको थानकोट–चापागाउ“–भक्तपुर प्रसारणलाइन आयोजनाको ललितपुर खण्डमा स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । आर्थिक वर्ष २०५५÷५६ बाट शुरु भएको उक्त आयोजनाको ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारणलाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् ।

काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । स्थानीयको अवरोधले निर्माणमा अवरोध हु“दा प्रसारणलाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा २७ नम्बर टावर स्थानीयले नटबोल्ट खोलिदिएकाले टावर केही दिन अघि ढलेको थियो ।सो क्षेत्रको कार्यकारी निर्देशक घिसिङले निरीक्षण गर्नुभएको छ
‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउ“–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकि“दैन,’ घिसिङले भन्नुभयो ।

‘स्थानीयले प्रसारणलाइन बनाउन दि“दैनन्, खडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति दिने ? ’

सो प्रसारणलाइन निर्माण सम्पन्न भएमा काठमाडौं–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने उल्लेख गर्दै उहा“ले यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने बताउनुभयो । अहिले ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–बानेश्वर ६६ केभी लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।

ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारणलाइनको रुट परिवर्तन गर्नुपर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शतप्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राख्दै निर्माणमा अवरोध गरेका हुन् ।

खोकनाका स्थानीयले काठमाडौं–निजगढ फास्ट ट्रयाक, बाहिरी चक्रपथको रुटस“गै र थानकोट–चापागाउँ–भक्तपुर प्रसारणलाइन निर्माण गर्नुपर्ने माग गरेका छन् । प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ । तर, स्थानीयले अधिग्रहण गरेको जग्गामासमेत काम गर्न दिएका छैनन् ।

तारमुनि पर्ने ९–९ मिटर दाया“बाया“को अधिकार क्षेत्र (राइट अफ वे)मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा छ । प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दि“दै आएको छ । काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि मूल्यांकित रहेको २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो ।

आयोजनाको ललितपुर क्षेत्रमा पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नुपर्ने हुन्छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । १५ वटा टावर खडा गरिएको छ । तार भने टांगिएको छैन ।

२८ किलोमिटर प्रसारण लाइन आयोजनाको अनुमानित लागत २ करोड ३० लाख अमेरिकी डलर छ । स्थानीयको अवरोधले काम रोकिएपछि प्राधिकरणले आर्थिक वर्ष २०६६÷६७ मा ठेक्का तोडेको थियो ।

टावर निर्माणका सम्पूर्ण उपकरण पुरानै ठेकेदार कम्पनीले आपूर्ति गरिसकेको आयोजना प्रमुख सुनिल महतोले बताउनुभयो । अवरोध हटेर काम शुरु भएको ६ महिनाभित्रमा निर्माण सकिने महतोको भनाइ छ ।