सुजुकी मोटर्सको सर्भिस सेन्टर पोखरामा

0
Shares

 

कठमाडौंमा (नेस)
सुजुकी मोटर्सको आधिकारिक वितरक सीजी मोटोकर्पको पोखराको लागि बतास ब्रदर्सको इस्टेट अफ द आर्ट सर्भिस सेन्टर शुरू भएको छ । पोखरास्थित सर्भिस सेन्टरको उद्घाटन सीजी माटोकर्पका कार्यकारी निर्देशक करण चौधरी तथा बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले सामूहिक रुपमा गर्नुभएको थियो ।

१० हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा ६ ओकिङ वे रहने छ भने मासिक हजार वटा गाडी सर्भिसिङ गर्न सक्ने क्षमता सर्भिस सेन्टरको रहेको छ । सुविधा सम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारले सुसज्जित सर्भिस सेन्टर बडि मेन्टिनेन्स सप, पार्ट सप तथा इन्जिन रिपेयर एरिया गरी छुट्टा छुट्टै शाखामा विभाजन गरिएको छ ।

सर्भिस सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्वारा गाडीको चेकजा“च गरिने कम्पनीले जनाएको छ । सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रुपमा पालना गरी गाडीको सर्भिसिङ गर्ने गरिने बताइएको छ ।

‘बिक्रीपछिको सेवा वास्तवमै महत्वपूर्ण हुन्छ किनभने यसले ग्राहकको भावना एवं मूल्यस“ग प्रत्यक्ष सरोकार राख्दछ । सर्भिस सेन्टरबाटै हो कुनै पनि ब्राण्डको छवि बन्नु वा विग्रनु । हामीले आफ्ना ग्राहकहरुको मूल्य एवं मान्यतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय सुजुकीको जुन मापदण्ड छ सोही अनुरुप सेवा प्रदान गर्दछौं।’ शान्तराज बतासले बताउनु भयो ।