उत्पादन बढाउन कोरियाली राजदूतको सुझाव

0
Shares

काठमाडौं (नेस)
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपालको आर्थिक विकाको लागि उत्पादनलाई बढाउनुपर्ने खा“चो औल्याउनुभएको छ ।राजदूतनिवासमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उहा“ले भन्नुभयो ‘जमिनको सदुपयोग गदै कृषिलाई आधुनिकरण गर्नुपर्दछ । हाइड्रोको उत्पादन, आईसिटीको विकासमा गर्नुपर्दछ ।’

राजदूत सिकले नेपालको पर्यटन आगमनलाई वृद्धि गर्नेको लागि हवाई क्षेत्रको पूर्वाधारमा जोड दिनुपर्ने पनि बताउनुभयो ।

नेपालको विकासको लागि आधुनिक कृषि प्रणालीमा जोड दि“दै राजदूत सिकले जमिनको उचित उपयोग गदै पर्याप्त मल बीउको प्रयोग गरी कृषिलाई आधुनिकरणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

नेपालमा उर्जाको प्रयाप्त सम्भावना रहेकाले हाइड्रोपावरको उत्पादनमा जोड दि“दै उहा“ले भन्नुभयो ‘माग र आपूर्तिको सन्तुलन मिलाएर बंगलादेश र भारतको विद्युत व्यापारलाई व्यावसायिकरण गर्नुपर्दछ ।’

विश्वमा रोजगारदाताको संख्या वृद्धि भईरहेको अवस्थामा रोजगार दिलाउनु पर्ने विकसित देशको चुनौती रहेकाले उल्लेख गर्दै राजदूत सिकले भन्नुभयो ‘श्रम र आपूर्तिको मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने पनि बताउनुभयो । ’
नेपालको श्रम बजारमा ५ लाख जनशक्ति श्रम बजारमा हरेक वर्ष प्रवेश गर्ने गरेको छन् ।

नेपालले आयतलाई प्रतिस्थापन गरी बढ्ेको व्यापार घाटालाई न्यूनीकरण गर्नको लागि नेपालमा उत्पादन बढाउनुपर्ने पनि उहा“को सुझाव रहेको छ ।
नेपालमा आईसिट, स्वास्थ्य र पर्यटन र योग्य जनशक्तिलाई उच्चतम सदुपयोग गर्नुपर्ने पनि राजदूत सिकको जोड रहेको छ । नेपालको दोश्रो ठूलो विमानस्थल निजगढ विमानस्थले नेपालको आर्थिक र पर्यटन विकासमा ठूलो सम्भावना वोकेको पनि राजदूत सिकले बताउनुभयो । सन् २०१७ मा ३४ हजार ३ सउ १४ र सन् २०१८ मा ३९ हजार १ सय ४२ कोरियन पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङक छ ।

नेपाल पर्यटन वोर्डले हरेक वर्ष कोरियाको सोल र भुसानमा डेस्टिनेशन प्रसोसन गदै कोटफा प्रदर्शनीमा समेत भाग लि“दै आएको छ । नेपाल कोरिया जोड्नको लागि कोरियन एयरले सिधा काठमाडौं सोल उडान (हप्तामा ३ दिन) गदै आएको छ ।