उजुरीका लिखत रोजगा विभागबाटै निशुल्क

0
Shares

काठमाडौं(नेस)
वैदेशिक रोजगार विभागले दर्ता गर्नुपर्ने उजुरीका लिखत कार्यालयबाटै निशुल्क तयार गरी दर्ता गरिदिने भएको छ।

बैदेशिक रोजगारमा दुख पाएर उजुरी दिन जानेहरुलाई बिचौलियाले ठग्न नसकोस भन्ने उदेश्यले विभागले उजुरीका लिखत निशुल्क तयार गरी दर्ता गरिदिने व्यवस्था मिलाएको विभागले जनाएको छ।

यो व्यवस्थाले उजुरीको लिखत तयार गर्न लाग्ने दुई देखि पा“च हजार रुपैयाँ जोगिने र उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको अन्त्य हुने वैदेशिक रोजगार विभागको ठहर छ।

त्यसैगरी बिभागले श्रम स्वीकृति मिलाइदिन्छु भनी सेवाग्राहीसगँ पैसा असूल गर्ने दुईजना विचौलियालाई बुधवार पक्राउ गरी थप अनुसन्धानका लागि पठाएको छ।