स्वदेशमै रोजगारी सिर्जना गर्ने मन्त्री विष्टको प्रतिबद्धता

0
Shares

काठमाडौं(नेस)
सरकारले स्वदेशमा नै युवा जनशक्तिलाई रोजगार दिन आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

बिहीवार राजधानीमा १ सय ३० औ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सम्बोधन गदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सो जानकारी दिनुभयो । उहा“ले असार महिनाभित्र डेढ लाख श्रमिकहरूलाई स्वदेशभित्रै रोजगारी दिलाउने मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

मन्त्री विष्टले विगतमा शक्तिकेन्द्रको आढमा श्रमिक माथि शोषण हु“दै आएको भएपनि अव भने त्यो सह्य नहुने बताउ“दै सरकारले श्रमिकको हितमा रहेर ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा आरामको पक्षमा रहेर काम गरेको छ ।उहा“ले श्रमिकहरूको हकहितका लागि सामाजिक सुरक्षाको ग्यारेन्टीसहित सामाजिक सुरक्षा योजना लागू गरेको समेत बताउनुुभयो । सरकार, रोजगारदाता र श्रमिकहरूकै त्रिपक्षीय समझदारीमा तय गरिएको श्रम ऐनको कार्यान्वयन पक्षलाई सरकारले जोड दिने मन्त्री विष्टले बताउनुभयो ।

नौ लाख रोजगार प्रतिष्ठानमध्ये सामाजिक सुरक्षा योजनामा अहिलेसम्म २१सय प्रतिष्ठान मात्रै दर्ता भएको मन्त्रालयको भनाई छ । सरकारले मुलुकमा ५ वर्ष भित्रमा प्रयाप्त रोजगार श्रजना गरी बाध्यकारी वैदेशिक रोजगारलाई अन्त्य गर्ने अभियान स्वरुप प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री विष्टले पहिले काम,काम दिन नसके निर्वाह भत्ता दिने गरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्र्यान्वयनको चरणमा रहेकाले भावि दिनमा सुरक्षित जीवन यापनको लागि सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा भित्र समेट्ने बताउनुभयो ।

राजनीतिक परिवर्तनलाई दिगो बनाई मुलुकको आर्थिक–सामाजिक विकासका माध्यमबाट‘ समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सकंल्प साकार पार्न श्रमिकको महत्वपूर्ण भूमिका रहेको मन्त्री विष्टले बताउनुभयो ।