सिप्रदीलाई अन्तराष्ट्रिय वितरक अवार्ड

0
Shares

काठमाडौं(नेस)
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले युएइ को दुबईमा आयोजना भएको अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ’बर्षको वितरक’ अवार्ड प्राप्त गरेको छ ।

सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्स लि, भारतको एकमात्र आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको छ ।

हरेक बर्ष आयोजना हुने उक्त सम्मेलनमा अलग अलग विधाका विभिन्न पुरष्कारको ब्यबस्था गरिएको थियो । बर्षको सर्बश्रेष्ठ वितरकको प्रतिष्ठित पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचय का लागि बर्षको वितरक, सर्वश्रेष्ठ ग्राहक सेवा गरी विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्ने गरेको छ ।