नेशनललाईफको कोहलपुर शाखा

0
Shares

काठमाडौ(नेस)
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बा“केको कोहलपुरमा शाखा विस्तार गरेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले कम्पनीको १०० औं शाखाको उद्घाटन गर्नुभएको छ ।

कम्पनीले नया“ शाखा विस्तारस“गै अमृतश्री नामक अग्रिम भुक्तानी तथा आजीवन बीमा लेखको पनि शुभारम्भ गरेको छ। कार्यक्रममा अध्यक्ष चापागाईंले पछिल्लो समयमा बीमा प्रति आम नागरिकको विश्वास बढ्दै गईरहेको भन्दै नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत पुगेको उल्लेख गर्नुभयो ।उहा“ले देशको आर्थिक विकासका लागि छरिएर रहेको पु“जी एकीकृत गरी बीमामार्फत सहि ठाउ“मा प्रयोग भइरहेको उल्लेख गर्नुभयो ।

विगतमा बीमा भुक्तानीमा केही समस्या आएको भएपनि अब बीमा कम्पनीबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने उहा“ले बताउनुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकीकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पुर्या उन आवश्यक रहेको बताउनुभयो ।

उहा“ले बीमा समितिको निर्देशनअनुसार कम्पनीले चुक्ता पु“जी पु¥याइसकेको जानकारी पनि दिनुभयो ।कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसमेत उपस्थिति रहेको थियो ।