एनसेलको आम्दानी र नाफा दुबै घट्यो

0
Shares

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलको आम्दानी र नाफ दुबै घटेको छ ।

एनसेलको मातृ कम्पनी आजियटाले सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्रतिवेदनमा नेपाल सरकारले बढाएको करको दायराका कारण नाफा घटेको दाबी गरिएको छ ।

एनसेलले गत वर्ष ५७ अर्ब ५० करोड आम्दानी गरेको थियो । सबै कर भुक्तानीपछिको नाफा १५ अर्ब ३० करोडमात्रै भएको तथ्यांक सार्वजनिक गरिएको छ । सन् २०१७ मा एनसेलले ५८ अर्ब बढी आम्दानी गरी करिव १९ अर्ब नाफा कमाएको थियो ।