जापानका नव सम्राटले राजगद्दी समालेकोमा नेपालका राष्ट्रपतिको शुभकामना सन्देश


टोकियो (नेस), जापानका नव सम्राट नारूहितोले राजगद्दी समालेकोमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले एक शुभकामना सन्देश पठाउनु भएको छ ।

बुधवार जापानका नव सम्राट नारूहितोले राजगद्दी समालेकोमा नेपालका राष्ट्रपति भण्डारीले नारूहितोलाई शुभकामना सन्देश पठाउनु भएको नेपाली राजदूतावास जापानका उप नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनु भयो ।

जापानमा नव सम्राटकले राजगद्दी समाले सगै नव युगको सुरु हुने भएकोले जापानको समृद्धिको कामना गर्दै जापानी जनताको प्रगति तथा उन्नति र कल्याणको कामना समेत राष्ट्रपति भण्डारीले पठाउनु भएको सो शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले उक्त सन्देशमा नेपाल र जापान दुई देशको जनताबीच सदियौ देखी रहदै आएको पुरानो सम्बन्ध आगामी दिनमा सवल र सुदृढ़ हुने विश्वाससमेत गर्नु भएको छ ।

मंगलवार यस अघिका सम्राट ओकिहितोले आफ़नो राजगद्दी त्यागेको थीए । सम्राट आकिहितो राजा बनेपछी सुरू भएको हेईसेई ३० वर्ष सफलतापुर्वक चलाउनुभएको थियो । मंगलवार स्वईच्छाले राजगद्दी त्याग्नुभई छोरा नारूहितोलाई राजगद्दीको बागडोर दिनुभएको थियो। आज बुधवारबाट नव सम्राट नारूहितोले राजगद्दी सम्हाल्नु भएको छ ।

नारूहितोले राजगद्दी समालेसंगै जापानमा नयाँ युग रेईवा सुरु भएको छ ।

नव सम्राट नारूहितो जापानका १२६ औं सम्राट हुन ।