‘निर्माण व्यवसायीलाई गरि खान गाह्रो भो, राज्यले चासो दिएन’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायीहरु पेशाबाटै पलायन हुनुपर्ने खतरा बढेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायीलाई लक्षित गरी केही समय अघिदेखि निरन्तर धम्कीपूर्ण फोन आइरहेको भन्दै उनीहरुले मुलुकमा काम गर्ने वातावरण नरहेको बताएका हुन् ।

मंगलवार नेपाल निर्माण व्यवसायी महासंघमा आयोजित पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष रवि सिंहले राज्य संयन्त्र कमजोर भएका कारण व्यवसायीहरु ठूलो मारमा परेको बताउनुभयो ।

‘निर्माण व्यवसायीलाई निरन्तर आइरहेको धम्कीका विषयमा सम्बन्धित निकायलाई समयमै जानकारी गराउ“दासमेत कुनै सुनुवाई भएन’ अध्यक्ष सिंहले भन्नुभयो । लगातारको धाक धम्कीका कारण निर्माण व्यवसायीस“गै उनीहरुका परिवार, कार्यालयका कर्मचारी समेत ठूलो त्रासमा बाच्नु परेको अध्यक्ष सिंहले बताउनुभयो ।

महासंघका पूर्व अध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारी लगायत अन्य निर्माण व्यवसायी सदस्य गरी करिब २५ जनालाई विगत केही समय अघिदेखि मोबाइलमा धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आउने गरेको सिंहले बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलास पोण्डेले धम्कीपूर्ण फोनबाट त्रासपूर्ण वातावरण सिर्जना भई निर्माण व्यवसायी आफ्नो साइटसमेत सञ्चालन गर्न नसक्ने अवस्था रहेको बताउनुभयो ।

महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष जयराम लामिछानेले मुलुकमा सरकार छ भन्ने प्रत्याभूति व्यवसायीहरुले गर्न नपाएको गुनासो गर्नुभयो । ‘निर्माण व्यवसायीको सुरक्षामा नै प्रश्न चिन्ह उठेकाले अब विकासका कार्य ठप्प हुन सक्छ ।’ लामिछानेले भन्नुभयो । शान्ति सुरक्षाकोे अभावस“गै निर्माण व्यवसायीको ठूलो रकम सरोकारवाला निकायबाट अझै भुक्तानी नहु“दा देशभरका व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो ।

भुक्तानीको समस्या सम्बोधन गरिदिन सम्बन्धित सरकारी निकायको पटक–पटक ध्यानाकर्षण गराउ“दासमेत कुनै सुनुवाई नभएको महासंघले जनाएको छ । उपभोक्ता समितिहमार्फत् निर्माण कार्य गरि“दा झन् तल्लो तहबाटै मुलुकमा संस्थागत भ्रष्टाचार मौलाइरहेको र गुणस्तरमा समेत प्रभाव पारेको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच सार्वजनिक खरिद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावली संशोधनका लागि बुधवार राजधानीमा राष्ट्रिय भेला आयोजना गरिने महासंघले जनाएको छ । भेलामा देशभरका ३ सयभन्दा बढी निर्माण व्यवसायीको सहभागिता रहने महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले बताउनुभयो ।