सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी प्रदान

0
Shares

 

काठमाडौं, (नेस)
सिटिजन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानीवापत १८ लाख रुपिया“बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले दुबईमा बसोबास गर्दै आएका गोकर्ण खत्रीको असामयिक निधन भएको कारण उनको श्रीमतीलाई उक्त रकम भुक्तानी गरेको हो ।

घातक रोगअन्तर्गतको ब्रेन ट्युमर भएपश्चात मृतक स्वयमलाई कम्पनीले उपचारको लागि ५ लाख प्रदान गरेको थियो। उपचारको क्रममा निजको मृत्यु भएपछि कम्पनीले मृतककी श्रीमती जानकी डँ“गीलाई १३ लाख प्रदान गरेको छ।दुबईमा घातक रोगको उपचार गराउ“दै आएका खत्री थप उपचारको लागि नेपाल आएका थिए ।

सिटिजन लाइफको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौड्यालले जानकी डा“गीलाई सो चेक प्रदान गर्नु भएको थियो ।