अर्थमन्त्री फिजीतर्फ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडा एसियाली विकास बैंकको बोर्ड अफ गभनर्सको ५२औं वार्षिक बैठकमा भाग लिन मंगलबार फिजीतर्फ प्रस्थान गर्नुभएको छ ।
मे २–५ तारिखसम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गभर्नरको रुपमा वार्षिक बैठकका विषय सूचीमा धारणा राख्नु हुनेछ ।

बैठकमा अर्थमन्त्री खतिवडाले एसियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एसियाका महानिर्देशक, युरोपियन लगानी बंैक, ओफिडलगायतका वित्तीय संस्थका उच्च पदस्थ प्रतिनिधिस“ग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नु हुनेछ । यसका साथै सार्क विकास कोषको गभर्निङ काउन्सिलको बैठकमा समेत उहा“ सहभागी हुने कार्यक्रम छ ।

मन्त्री खतिवडाले बैठक र द्विपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिनुहुने छ ।

मुलुक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी दिनुहुनेछ । बैठकमा सहभागी हुन अर्थमन्त्री सहित अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख फिजी प्रस्थान गर्नुभएको हो ।