सिरहामा लागुऔषधसहित दुई पक्राउ

0
Shares

 

सुभेन्द्र दास लाहान, सिरहा । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी गस्ती टोलीले लहान नगरपालिका( १९ गाढास्थित आँप बगैचाबाट चेकजाँचको क्रममा दुईजनालाई लागुऔषधसहित पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा लहान नगरपालिका ३ का २६ वर्षीय प्रवीण कुमार यादव र सोही नगरपालिका ८ का २९ वर्षीय अर्जुन कुमार महतो रहेको प्रहरीले जनाएको छ।

यादवले स७प९३९१ नम्बरको मोटरसाइकल चलाउँदै र महतोले पछाडी बसेर ५ लिटरको प्लाष्टिक ग्यालिनमा लागुऔषध बोकेका थिए।

यादव र महतोसहित बरामद लागुऔषध, मोटरसाइकल तथा उनीहरुको साथबाट भेटिएको ३ थान मोबाइल लहान प्रहरीमा राखिएको प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलले जानकारी गराए।