भण्डारीको हत्यारा सार्वजनिक

0
Shares

सल्यान, (नेस)
सल्यानमा कुटपिट गरी कर्तव्य ज्यान मार्ने एक ब्यक्तिलाई पक्राउ गरी प्रहरीले सार्बजनिक गरेको छ । जिल्लाको कपुरकोट गाउपालीका–५ का २५ बर्षिय निर्मल बुढाले सोही ठाउँका ३९ बर्षिय फौद बहादुर भण्डारीको हत्या गरेको अभियोगमा पक्राउ गरी प्रहरीले सार्बजनिक गरेको हो । निर्मलले गत वैशाख ४ गते सोही ठाउँ वडा नम्बर ६ का ३९ बर्षका फौद भण्डारीको हत्या गरेका थिए ।

पुरकोट–६ खोलीगाउँ घर भई लामो समयदेखि भारतमा बस्दै आएका ३९ वर्षिय फौद बहादुरलाइ निर्मलले आफु पनि भारतमा रहेको बेला अपमान गरेकाले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरीले कार्यालय सल्यानले जनाएको छ ।

काठको लाठीले टाउकोमा प्रहार गरी हत्या गरी फरार भएका उनीलाई बिशेष सुचनाको आधारका प्रहरी निरक्षक मानबहादुर खडका टालीले ५ दिनपछि नजिकैको घरमा आएको अबस्थाका प्रहरीले प्रकाउ गरेको थियो ।

भारतको चन्दीगढमा सँगै दुबै जनाले एउटै होटलमा काम गर्ने क्रममा मृतक फौद बहादुरले अभियुक्त निर्मल बुढालाई अश्लील शव्दहरु प्रयोग गरी अपमानजनक ब्याबहार गरी पाइन्ट झारिदिने र चन्दीगढ हुदा दिएको विरियानी खाएपछी विरामी भई घर आउनुपरेको विषयमा फौद बहादुर नेपाल आएको बेला निर्मलको घरमा विवाद हुदा हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले बताउनुभएको छ ।

उहाँका अनुसार उनिहरुले टाउको तथा शरीरका बिभिन्न भागहरुमा समेत कुटपिट गरी कर्तब्य गरी मारेका खुल्न आएको छ । पक्राउपछि जिल्ला अदालत सल्यानबाट म्याद थपको अनुमति लिई ईलाका प्रहरी कार्यलय सल्यानको हिरासतमा राखी अनुसन्धान भइरहेको डीएसपी शाहीले बताउनुभयो ।