हुरीले भत्केका घर निर्माण हुँदै

0
Shares

बारा, (नेस)
बारा–पर्साका हावाहुरीबाट प्रभावित क्षेत्रमा सरकारले आगामी २१ गतेबाट घर निर्माणकार्य सुरु गर्ने भएको छ ।

बाराको फेटा गाउपालिका–६ पुरैनियामा सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले स्थलगत निरिक्षणको क्रममा घर निर्माण थालनी बारे यो जानकारी दिनुभएको हो । मन्त्री पोखरेलले बैशाख २१ गते प्रधानमन्त्री ओलीले घर निर्माण कार्यको शुभाम्भ गर्ने जानकारी दिनुभयो । गत महिना हावाहुरीले क्षती र्पुयाएका १ हजार ४५३ घर संघीय सरकारले निर्माण गर्न लागेको हो ।

संघीय सरकारले घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ । घर निर्माणका लागि संघीय सरकारले ८४ करोड ६८ लाख ७६ हजार रकम सेनालाई उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट सोमबार दिउसो रक्षामन्त्री पोखरेल, प्रधानसेनापति थापा र रक्षा सचिव रेश्मीराज पाण्डे लगायतको टोलीले पुरैनियाको स्थलगत निरीक्षण गरेको थियो । घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले बारामा ३ र पर्सामा ९ वटा गरी १२ वटा क्लस्टर बनाएर काम सुरु गर्ने जनाएको छ ।