२ सय ३० विवाद समाधान

0
Shares

रसुवा, (नेस)
संवाद सहजिकरण तथा मेलमिलापको माध्यमबाट स्थानिय स्तरको मतभिन्नता जोडि एकरुपता ल्याउन जिल्ला भरबाट २३० विवाद समाधान गरिएको छ ।

प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपाल को आयोजना र द एसिया फाउन्डेसनको सहयोग मा सोमबार वार्षिक समिक्षा गर्दै रसुवा लगायत १९ वटा जिल्लामा सञ्चालित सामुदायिक मेलमिलाप मार्फत रसुवामा दुई सय जना मेलमिलाप कर्ता उत्पादन गरी ५ ओटै गा.पा.को उपाध्यक्ष हरुलाई न्यायिक समिति को संयोजक बनाई २७ वडा मध्ये २५ वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरी अड्डा अदालत नगई विवादहरु समुदाय वाट स्थानिय स्तरमै समाधान गर्ने प्रयास का छिटो,छरितो,सरल र प्रभावकारी तरिकाले समाधान निकाल्ने उद्देश्य ले अगाडि बढेको जिल्ला संयोजक सोनाम तामाङ ले जानकारी दिए ।

अदालती निर्णय हरु भन्दा मेलमिलाप सहमति प्रभावकारी हुने भएको ले अडा अदालत धाउनु नपर्ने तर समुदाय मै मिलाउनु मिल्ने र मेलमिलाप ऐन २०६८ तथा नियमावली अन्र्तगत कानुनि रुपले बाध्यात्मक सम्झौता को स्वरुप समेत दिन सकिने भएकोले कम खर्चमा सम्बन्ध सुधार हुनुका साथै संवाद सहजिकरण तथा मेलमिलाप को माध्यमबाट स्थानिय स्तरको मतभिन्नता तथा मेलमिलापको माध्यमबाट समाजमा शान्ति स्थापना हुने बताइएको छ ।