मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

0
Shares

सिन्धुली, (नेस)
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका–६ रिठ्ठेभिरा आईतवार साँझ मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको घटजा स्थलमै ज्यान गएको छ । धनुषाबाट काठमाण्डौ तर्फ जादै गरेको बा ६० प ९४ नं. को मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी धनुषाको कमला नगापालिका वडा नं. २ का ३३ बर्षिय राजेश कुमार ठाकुरको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिनुभयो । मोटरसाईकल सडकबाट १०० मिटर तल खसि दुर्घटना भएको उहाँले बताउनुभयो ।