२३ सय विद्यार्थीेले स्कुल छाडे

0
Shares

विराटनगर, (नेस)
प्रदेश एकको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा बिचैमा पढाइ छाड्ने बालबालिकाहरुको संख्या उच्च देखिएको छ । विराटनगर महानगरपालिकामा गत वर्ष २ हजार ३ सय ३ जना अर्थात् भर्ना भएका मध्ये १३ प्रतिशत बालबालिकाले बिचमै पढाइ छाडेका छन् ।

विराटनगर महानगरपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार नगरको ५१ वटा सामुदायिक विद्यालयमा १ देखि कक्षा १० सम्म १७ हजार १ सय ५ जना विद्यार्थी भर्ना भएका मध्ये १४ हजार ८ सय २ जना विद्यार्थी मात्र परीक्षामा सामेल भएको देखिन्छ । सबैभन्दा बढी प्राथामिक तहमा भर्ना भएका विद्यार्थीले विद्यालय छोडेको देखिएको छ ।

विद्यालयमा भर्ना भएका विद्यार्थीलाई टिकाउन नसक्नु सबैभन्दा ठूलो चुनौति बनेको महानगरपालिकाका शिक्षा शाखा अधिकृत दुर्गाप्रसाद खतिवडाकोे भनाइ छ ।

यस वर्षको भर्ना अभियानलाई १९ वटै वडाहरूमा प्रभावकारी बनाउने तयारीमा महानगर रहेको छ ।

भर्नाका बेला आउने, पुस्तक र छात्रवृति लाने तर कक्षा कोठामा नबस्दा सिकाइ उपलब्धी बृद्धि नभएको उहा“को भनाइ छ । विराटनगरका ५१ वटा सामुदायिक विद्यालयको प्रधानाध्यापक र सरोकारवाला बोलाएर महानगरपालिकाले भर्ना अभियानलाई प्रभावकारी बनाउन आयोजित अन्तरक्रियामा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । कार्यक्रममा सत्यनारायण माविका प्राचार्य धर्मानन्द खरेलले विद्यालय बाहिर कति बालबालिका छन् त्यसको तथ्याङ्क महानगरपालिकाले राख्न नसक्दा भर्ना अभियान प्रभावकारी हुन नसकिरहेको बताउनु भयो ।