९० वर्षीय लामाबाट स्वास्थ्य बिमा शुरु

0
Shares

अर्जुन बोहरा, हुम्ला
हुम्ला जिल्लामा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु भएको छ । नेपालका ४३ औ जिल्लाको रुपमा एक बर्ष पछि यो कार्यक्रम लागु भएको हो । पाँच जना सम्मको परिवारले ३ हजार ५ सय रुपैयाको स्वाथ्य विमा गरे पछि एक लाखा वरावर उपचार पाउने व्यबस्था गरेको छ ।

आईतबार विहान जिल्ला समन्वय समितिको सभाहलमा सिमकोट गाउँपालिका वडानं ४ निवासी ९० बर्षिय जिल्लाकै ज्ेष्ठ नागरिक डोल्मा लामा लाई आज स्वाथ्य विमा गरिएको कर्णाली प्रदेश स्वाथ्य विमा वोर्डका संयोजक अर्जुन पण्डितले बताउनु भयो ।

हुम्लाको सदरमुकाम सिमकोटको जिल्ला समन्वय समितिको सहभाहलामा संचाmन गरेको स्वाथ्य विमाको उद्दघाटन गर्दे कर्णाली प्रदेशका समाजिक मन्त्रि दल रावलले हुम्ला बाट हजारौ विरामी भएर उपचारको लागि शहर तिर जाने भएकोले स्वाथ्य विमा भएरमा विमा मार्फत विरामीको उपचारमा सहज हुने बताउनु भयो ।

विमा गर्ने विमीत परिवारले एक वर्ष भित्रमा विभिन्न २८ प्रकारको रोगहरुको उपचार गर्न पाउने जनाईएको छ । पाँच जना भन्दा वदी परिवार भएको अवस्थामा ७ सय थप दस्तुर लाग्ने बताएका छन । कर्णाली प्रदेशमा राजनितीकदल बाट प्रतिवद्धता आएकोले भौगलिक विकटता भयता पनि कर्णालीमा स्वाथ्य विमा नमुना हुने सक्ने वातवरण बनेको स्वाथ्य विमा र्बोड तथा कर्णाली प्रदेश जनस्वाथ्य प्रमुख भुवन पौडेलले बताउनु भयो ।

कणाली स्वाथ्य विमा बोर्डकोे आयोजना गरेको कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका संयोजक अर्जुन पाँण्डेले स्वास्थ्य बीमा कार्यक्रमका बारेमा सरोकारवालाहरु लाई जानकारी गराएका थिए । उहाँले २०७२ साल चैत २५ गते कैलाली जिल्ला बाट शुरु भई कर्णाली प्रदेशका ५ वटा जिल्लामा स्वाथ्य विमा शुरु भईसेको र छैटौ जिल्लाको रुपमा आज हुम्ला जिल्ला पनि स्वाथ्य विमा शुरु भएको कर्णाली प्रदेशका स्वाथ्य विमा बोर्डका संयोपक अर्जुन पाण्डेले बताउनु भयो ।

यसैबीच नेपाल सरकारले स्वाथ्य विमा हुम्लामा लागु गरे पछि खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावले गाउँपालिकाबाटै एक हजार सहयोग गर्ने घोषण गर्नु भएको छ । आईतबार स्वाथ्य विमा उद्दघाटन कार्यक्रममा शुभाकाना मनतव्य दिने क्रममा आफनै गाउँपालिका वडा १ देखि ५ सम्मका घरपरिवार लाई गाउँपालिका लाई एक हजार रुपायँमा दिने बार्षिक बजेट विनीयोजीत गरिएको बताउनु भयो ।