डोटीका वनमा आगलागी

0
Shares

विमल विष्ट, डोटी
जिल्लाका बिभिन्न सामुदायिक तथा कबुलियती वनमा आगलागि भएको छ । पछिल्लो समय एका एक आगलागि हुँदा यहाँका सयौँ हेक्टर वन सखाप हुन थालेको बताईएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा आगलागि हुँदा सामुदायिक तथा कबुलियती गरि करिब ७४४ हेक्टर वन सखाप भएको छ ।

डिभीजन वन कार्यालय डोटीका निमित्त वन अधिकृत सुरेशचन्द्र डिसीले दिनु भएको जानकारी अनुसार यहाँका सामुदायिक तर्फका कम्तिमापनि ४५,कबुलियती तर्फका २ तथा अन्य केही सरकारी वनमा आगलागि भएको छ । बनहरुमा लागेको आगो निभाउने प्रयास गरिपनि आगो नियन्त्रणमा आउन नसकेको निमित्त वन अधिकृत डिसीले बताउनुभयो । डोटीमा ३ सय ६६ सामुदायिक वन र १९६ कबुलियती वनहरु रहेका छन् । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको जोरायल गाउँपालिका ५ गड्सेरा स्थित मसानी सामुदायिक वनकी कोषाअध्यक्ष दुर्गादेबी विष्टले बताउनुभयो ।

आगलागि सम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ । यतिमात्र नभई वनमा नयाँ घास उम्रीने आसाले कहि कतै त स्थानियबासी तथा उपभोक्ताले नै बनमा आगो लगाउने गरेको स्थानियवासीहरु बताउछन् । अधिकाँश वनमा आगो लाग्दा आँखा चिलाउने, सास फेर्न आप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिने जस्ता समस्या आउन थालेको जोरायल गाउँपालिका २ का स्थानिय रामबहादुर मल्लले बताउनुभयो ।

यहाँका वनहरुमा वर्षेनी आगलागि हुने गरेको छ । वनमा कस्ले र किन आग लगाउछ त्यो विषयमा अहिले सम्म कसैलेपनि पत्ता लगाउन नसक्दा जिल्लामा वर्षेनी आगलागि हुदै आएको केआईसिंह गाउँपालिकाका स्थानिय रामबहादुर लुहारले बताउनुभयो ।

वनमा जाने गोरु गुवाला तथा अन्य स्थानियले खाएको चुरोटको ठोटाबाट आगलागि हुने गरेको कतिपएको बुझाई रहेको छ । जिल्लामा बाक्लो तथा घना जंङ्गल भएका कारण एक ठाउमा लागेको आगो सहजै अर्को ठाउमा सर्ने गरेका कारण पनि यहाँका जंङ्गलहरु आगलागिमा परी वर्षेनी सखाप हुदै आएको रानीवन सामुदायिक वनका तिर्थराज भण्डारीले बताउनुभयो ।