सरकारलाई सच्चिन सचेत गराउँदै तरुण दलले बुझायो ज्ञापनपत्र

0
Shares

भक्तपुर,(नेस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल भक्तपुरले नेपाल सरकारलाई भ्रष्टाचारविरूद्ध खबरदारी गर्दै ज्ञापनपत्र बुझाएको छ ।आइतबार भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।तरुण दलले वाइड बडी, बूढीगण्डकी लगायतमा भ्रष्टाचारका काण्डै काण्ड भएको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ ।

कांग्रेसले देशैभर भ्रष्टाचारविरूद्ध कार्यक्रम गर्न तरुण दललाई निर्देशन दिएपछि तरुणले ज्ञापनपत्र बुझाएको हो । नेपाल तरुण दल भक्तपुरका सभापति राजु थापाले पार्टीले घोषणा गरेको राष्ट्रिय जनजागरण अभियान सफल बनाउन र भ्रष्टाचारविरूद्ध कार्यक्रम गर्न देशैभरका तरुणलाई आग्रह गरिए बमोजिम यो कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।

भक्तपुरको दुधपाटी देखि जिल्ला प्रशासन कार्यालय भक्तपुर सम्म विरोध र्याली गर्दै तरुण दल भक्तपुरले प्रजिअ नारायण प्रसाद भट्ट मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको हो ।दलले सरकारको विरोध स्वरुप ज्ञापन पत्र बुझाएको हैन ,यो त नेपालमा ब्याप्त भ्रष्टाचार बेथितीको अन्त्यका लागि सरकालाई ध्यानाकर्षण स्वरुप बुझाएको तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले बताउनुभयो ।

उहाँका अनुसार निर्मला हत्याकाण्ड ,ह्वाइट बडी लगायत हाल उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणको छानविन तथा बालुवाटारको जग्गाको सम्वन्धमा सरकाले तत्काल कारवाही गर्नुपर्ने माग सहित आफूहरुले सिडियो मार्फत ज्ञापन पत्र बुझाएको हो ।

कार्यक्रममा जिल्लाका विभिन्न नेता कार्यकताहरुको सहभागिता रहेको थियो ।पछिल्लो समयमा मुलुकमा बढ्दै गएको हत्या हिंसा,बलात्कार,राज्य आतंक र सामाजिक असुरक्षा जस्ता घटनाहरु दिनानुदिन बददै गएको दलको ठहर छ ।तर यी घटना हरु प्रति बलियो भएर पनि बरालिएको सरकार संबेदनसील नभएको मात्रै होइन यी घटनाहरुलाई सरकारले संस्थागत रुपमै समर्थन गरेको आभास मिलेको दलले आशंका गरेको छ ।

जनता को जिबन स्तर उकास्न प्रयोग गर्नु पर्ने राज्यको कोशबाट राष्ट्रपतिलाई १८ करोडको विलाशी गाडी खरिद गर्ने निर्णय,डेड अरबको हेलिकोप्टर खरिद तथा आलंकारिक रास्ट्रपतिको विदेश भ्रमण नाममा राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग जस्ता गतिविधिहरुले देशले सम्बृद्धि प्राप्त गर्न नसक्ने ठहर नेपाल तरुण दलले गरेको सरकारलाई बुझाईको ज्ञापनपत्रमा उल्लेख छ ।

सूचनाको मौलिक हक कुण्ठित बनाउने सरकारी रबैया र जनताको जिवन सहज बन्नुको सट्टा झनै कठिन भएकोले जनताको पक्षमा सदैब लड्दै आएको नेपाल तरुण दलको गम्भिर ध्यानाकर्षण भएको भन्दै आवश्यक सुधारको लागि ज्ञापनपत्र बुझाएको दलले जनाएको छ ।

भूमाफिया र तिनका मतियारहरुलाई ससक्त कारबाहीका लागि जोडदार माग गर्दै दलले राज्यको जवाफदेहिताको माग गरेको छ । बिचौलियाको अन्त्य गरि चर्को मुल्य बृद्धि नियन्त्रण गर्न माग गरेको छ ।

भक्तपुरको हनुमन्ते करिडोर निर्माण गर्ने नाममा भुमफियाहरुको स्वार्थ अनुरुप भएको अनियमित कार्यको घोर भत्सना गर्दै सग्लग्न ब्यक्ति जस्तो सुकै पहुच्चबाला भए पनि ऊनीहरुलाई कारबाहीको माग गरेको छ ।

कन्चनपुर कि बालिका निर्मल पन्त को बलात्कार र मोरंग कि रिना बस्नेत लगाएतको घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्नुका साथै दुइतिहाइ दम्भको आडमा स्थानिय सरकारले बढाएको अत्यधिक कर तथा शुल्कहरु अबिलम्ब संशोधन गरि जनतालाई राहत दिन पनि दलको माग छ ।

नगरकोट सडक पुन निर्माणमा भएको ढिलाई बारे सत्य तात्य छानबिन गरी शीघ्र भक्तपुर नगरकोट सडक खण्डको स्तर उन्नति कार्य सम्पन्न गर्न तरुण दल भक्तपुरले माग गरेको दलका जिल्ला नेता सन्तोष शर्मा ढुंगेलले बताउनुभयो ।

दल देश र जनताको पक्षमा उभिंदा जुन सुकै कठिनाइको सामना गर्न तयार रहेको जनाउँदै जनताको पिर मर्कामा सरकारले ध्यान नदिए सरकारको गलत रबैया विरुद्ध कडा रुपमा प्रस्तुत हुने तर्फ दलले सचेत गराएको छ ।