सगरमाथामा गाउँ चिनाउने झण्डा फहरिने

0
Shares

काठमाडौ(नेस) । मुलुकका प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने प्रयास अनुरुप किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले आफ्नो आरोहणको १४ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथामा गाउँ चिनाउँने झण्डा फहराउने छन् ।

विगत चार महिनादेखि वि विल राईज फाउण्डेसनले ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता संचालन गरीरहेको छ । यसै अभियानको अन्र्तगत ‘मेरो गाउँ मेरो ठाउँ’ उल्लेखित झण्डा सगरमाथामा फहराइने भएको हो । फुर्वा सोमबार विहान सगरमाथा बेसक्याम्पतर्फ प्रस्थान गरेका छन् ।

हालै सगरमाथामा लगिने झन्डालाई सांसद कोमल ओली, भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्य, पर्यटन बोर्डका सीईओ दिपकराज जोशी, अल्ट्रा धावक मीरा राई, फुटबल टिमका पुर्व कप्तान राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल र फ्रान्सका लागि पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठले आरोही शेर्पालाई हस्तान्तरण गरेका थिए ।