खुशी आउँछ बन्डलमा अफरका पहिलो विजेता छनोट

0
Shares

काठमाडौं, (नेस)
अग्नि ग्रुपअन्तर्गत अग्नि मोटोइन्क प्रालिले नया“ वर्ष २०७६ को अवसरमा खुशी आउ“छ बन्डलमा योजनाअन्तर्गत पहिलो बम्पर विजेताको घोषणा गरेको छ । पोखराको न्यूरोडका रबिन कुमार विकले पहिलो बम्बर जित्न सफल हुनुभएको छ । कुपन नं १२२७ का विकले बम्बर उपहारअन्तर्गत होम अप्लायन्स प्राप्त गर्नुभएको छ ।

हरेक १४ दिनमा एकजना विजेतालाई बम्बर उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ । योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्नुहुने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गरी हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिन्छ । हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि एक लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नुहुने छ ।