रिद्धी सिद्धि सिमेन्टको निर्माण व्यवसायीसंँग भेटघाट

0
Shares

काठमाडौं, (नेस)
रिद्धी सिद्धि सिमेन्टले निर्माण व्यवसायीसं“गको भेटघाट एवं अन्तरक्रिया गरेको छ ।

हेटौंडामा स्थापना भएको रिद्धी सिद्धि सिमेन्टले भर्खरै मात्रमा बजारमा ल्याएको ओपीसी सिमेन्टको बारेमा प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा निर्माण व्यवसायीहरुको सम्मेलनको आयोजना गर्दै आएको छ ।
यसै क्रममा आइतबार पोखरास्थित सिटि स्क्वायर बैंङ्क्वेटमा निर्माण व्यवसायीहरुको सम्मेलन आयोजना गरिएको थियो ।

कार्यक्रममा रिद्धी सिद्धी सिमेन्टको प्रयोग तथा यसको विशेषतासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका गण्डकी प्रदेश प्रतिनिधि पवनराज बरालले जनाएका थिए ।

कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले रिद्धी सिद्धि सिमेन्टले प्रयोगमा ल्याएको नवीनतम् प्रविधिले नेपाली सिमेन्ट वजारमा नयाँ किसिमको आयाम खडा गर्ने कुरामा जोड दि“दै कम्पनीको मुल नारा नै गुणस्तर को नया“ स्तर रहेको जनाएका थिए । कार्यक्रम ब्राण्ड म्यानेजर महतले यसको उपयोगिता, यसको उचित प्रयोग तथा गुणस्तरबारे चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा पोखरा निर्माण व्यवसायी समितिका अध्यक्ष अर्जुन थापा एवं लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष रामबहादुर गुरुङले रिद्धी सिद्ध सिमेन्टले प्रयोगमा ल्याएको रोबो ल्याव एवं लेजरशिल प्रविधिले मानवीय त्रुटिबाट हुन सक्ने समस्या रोक्ने भएकाले छिट्टै उपभोक्तको मन जित्नुको साथै बजारमा हुने गरेका सिमेन्ट चुहावट नियन्त्रण गर्न रोक्दै महत्वपूर्ण भुमिका खेल्ने कुरामा जोड दिएका थिए ।