सिटिजन्स बैंकको सहायक सीईओमा दाहाल नियुक्त


काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले हाल सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका समिरप्रसाद दाहाल वैशाख २० गतेबाट लागू हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु भएको छ ।

१६ वर्ष अघि बैंकिङ करियर थाल्नुभएका चार्टर्ड एकाउन्टेन्ट दाहाल ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा बैंकस“ंग आबद्ध हुनु भएको थियो । उहा“ले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, सञ्चालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागलाई नवीन तवरले सञ्चालन गर्ने विश्वास बैंकले लिएको छ ।