एनटीसीको प्रिपेडमा अन्तर्राष्ट्रिय रोमिङ सेवा

0
Shares

काठमाडौंं, (नेस)
नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीको यो सेवा शुरुमा भारत र चीनमा लागू हुनेछ ।

टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् । त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने कम्पनीले जनाएको छ ।

चीनमा हु“दा त्यहा“का स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपिया“ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपिया“ लाग्नेछ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउ“दा प्रतिमिनेट ५३ रुपिया“ लाग्नेछ ।

भारतमा हु“दा त्यहा“का स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपिया“ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपिया“ लाग्ने छ । त्यस्तै नेपालबाट गरेको फोन कल उठाउ“दा प्रतिमिनेट १४ रुपिया“ लाग्नेछ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपिया“ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउ“दा प्रतिएसएमएस ५४ रुपिया“ र भारतबाट प्रतिएसएमएस २४ रुपिया“ लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन । यो सेवाका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।