सगरमाथा सरसरफाई गर्न सवा २ करोड संकलन

0
Shares

काठमाडौं, (नेस)
सगरमाथा सरसरफाई अभियानअन्तर्गत २ करोड ३६ लाख रुपिया“ संकलन भएको छ ।

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाली सेना र खुम्बु पासाङल्हामु गाउ“पालिकाको नेतृत्वमा लुक्लाबाट सरफाई शुरु भएको छ । सरोकारवाला निकायबीचको सहकार्यमा सगरमाथा सफाई अभियान वैशाख १ गतेबाट शुरुवात गरिएको थियो ।

विभागका महानिर्देशक डन्डुराज घिमिरेले सगरमाथा सफाईको लागि वन तथा वातावरण मन्त्रालयले ५० लाख, कोकाकोलाले ५० लाख, खुम्बु गाउ“पालिकाले ३० लाख, नेपाल पर्यटन बोर्डले ३० लाख, प्रदेश नम्बर १ ले २५ लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषले २० लाख, नेपाल पर्वतारोहण संघले २० लाख, एनएमबी बैंकले १० लाख, भ्रमण वर्ष २०२० ले १० लाख, नबिल बैंकले ५ लाख, प्रभु बैंकले ५ लाख, तारा एयरले ५ लाख र पर्यटन विभागले २ लाख रुपिया“ नगद सहयोग गरेको बताउनु भयो ।

डेढ महिनासम्म चल्ने सफाई अभियानमा तालिम प्राप्त १२ जना शेर्पा का साथै नेपाली सेनाको समूह सहभागी हुनेछ ।विभागले सफाई अभियानको लागि २ करोड ३२ लाख १६ हजार ३ सय ७ रुपिया“ अनुमानित खर्च लाग्ने जनाएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा सफाईका क्रममा ४ वटा शव भेटिएको पर्यटन विभागका महानिर्देशक घिमिरेले बताउनुभयो । सगरमाथा आरोहण शुरु भएदेखि हालसम्म करिब २ सय ७९ जनाको ज्यान गएको विभागले जनाएको छ ।

भेटिएका शव काठमाडौं ल्याएर आफन्तलाई बुझाउने र नभए सरकारले दाहसंस्कार गर्ने योजना रहेको उहा“ले बताउनुभयो ।पर्वातारोहण नियमावलीअनुसार हिमाल आरोहणको लागि जुन कम्पनीबाट आरोहणको लागि संयोजन गर्ने कम्पनीले नै मृतको शव ल्याउनुपर्ने हुन्छ ।