क्याप्टेन लामाले उड्डयन क्षेत्रका ऐन नियमको कक्षा लिनुपर्ने

0
Shares

काठमाडौं, नेस
नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउन निर्देशन दिएस“गै निगमले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो ।

गत चैत १९ गते राति निगमको दुबई उडान रद्द भएस“गै उड्डयन क्षेत्रको नियम उल्लंघन गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि प्राधिकरणले वैशाख ४ गते ७ दिने अल्टिमेटम दि“दै लामास“ग स्पष्टीकरण सोधेको थियो ।
क्याप्टेन लामाले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएपछि प्राधिकरणले प्रवक्ताबाट नहटाएसम्म लामाको पाइलटको लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको थियो ।

निगमका सहप्रवक्ता नवराज कोइरालाले भन्नुभयो–‘प्राधिकणले क्याप्टेन लामालाई दोहोरो भूमिकाबाट हटाउन पत्र पठाएको थियो । नियामक निकायको पत्रलाई कार्यान्वयन गदै पदमुक्त गरिएको पत्र प्राधिकरण पठाएका छौं।’

लामा प्रवक्ता जिम्मेवारबाट पदमुक्त भएपछि उनको लाइसेन्स निलम्बन फुकुवा भएको प्राधिकरणले जनाएको छ ।

‘नियमक निकायको पहिलो चासो सुरक्षा हो ।’ प्राधिकरण उच्च स्रोतले भन्यो–‘पाइलटले म थकानमा छु,अनिद्रामा छु, अस्वस्थ रहेको बताउनु उडान सुरक्षाका हिसाबले गम्भीर हो ।’ लामाले सञ्चारमाध्यममा दिएको अन्तरवार्तामा ती कुरा बताउनु भएको थियो ।

प्राधिकरण स्रोतले भन्यो–‘लामामा एकदमै दम्भ रहेको पायौैं, नागरिक उड्डयन प्राधिकरणसम्बन्धी ऐन नियमको कमी भएको पाइएकाले उहा“ले कानुनी कक्षा लिनु पर्ने हुन्छ।’

स्पटीकरणमा लामाले म प्रवक्ता हु“, सामाजिक अभियान्ता ह“ु, संविधान अनुसार बोल्न पाउ“छु जवाफ दिनु भएको प्राधिकरण स्रोतको भनाइ छ, लामाले विषय वस्तुमा नै प्रवेश नगरी स्पष्टीकरण दिनु भएको थियो । उहा“ प्रवक्ता भएपछि उडान सुरक्षामा गम्भीर असर पुग्ने देखिएकाले प्रवक्ताबाट पद मुक्त गर्न निगमलाई पत्र काटेको प्रधिकरणको भनाइ छ ।