उपर्युक्त समय रहेको भन्दै लगानी गर्न जोड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल र चीन बीच केही वर्ष यता विकास हु“दै गएको आपसी सम्बन्धले दुवै देशका निजी क्षेत्रबीच समझदारी भई लगानी र औद्योगिक विकासमा महत्वपूर्ण उपलब्धि हाँसिल हुने विश्वास व्यक्त गर्नुभएको छ् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चीनको बेइजिङमा आयोजित ‘नेपाल–चीन आर्थिक तथा व्यापार मञ्च’ मा परिसंघको अध्यक्षको तर्फबाट उहा“ले उक्त धारणा राख्नुभएको हो ।

मञ्चमा बोल्दै परिसंघका अध्यक्ष मोरले दक्षिण एसियाका मुलुकमध्ये नेपाल लगानीको लागि राम्रो अवसर भएको मुलुक रहेको उल्लेख गर्दै हालै नेपाल सरकारले लगानी सुरक्षाको लागि उद्योग–व्यवसायस“ग सम्बन्धित कानुन, नीतिका साथै यस क्षेत्रमा प्रक्रियागत एवं संरचनात्मक सुधार गरेकाले कुनै पनि लगानीकर्ताले नेपालमा निश्चिन्त भइ लगानी गर्न सक्ने वातावरण बनेको विश्वास दिलाउनुभयो ।

उहा“ले नेपालमा हालै सम्पन्न नेपाल लगानी सम्मेलन २०१९ मा चिनिया“ लगानीकर्ताको सहभागिता त्यसभन्दा अघि चीनमा आयोजित पूर्वलगानी सम्मेलन, नेपाल–चीन आर्थिक तथा व्यापारिक मञ्चमा व्यक्त विचारबाट समेत चीनको निजी क्षेत्रले नेपाल लगानीको लागि भरपर्दो र विश्वासिलो देशको रुपमा लिएको आफ्नो अनुभव रहेको बताउनुभयो ।

उहा“ले नेपाली उत्पादनलाई बजारको समस्या नरहेको, नेपाल भारत वाणिज्य सन्धी, नेपाल चीन वाणिज्य सन्धी र नेपाली वस्तुको निकासीमा अमेरिका र युरोपका बजारमा प्राप्त हुने भन्सार सहुलियत महत्वपूर्ण फाइदा रहेको जनाउनुभयो । नेपाली उत्पादनको निकासीमा समस्या नरहेको भन्दै चीनबाट शुरु भएको बीआरआइ जस्ता ठूला परियोजनाबाट नेपाली उद्योग व्यवसाय प्रवद्र्धन गर्ने क्षेत्रमा राम्रो फाइदा हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
उता नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले बेइजिङमा आयोजित नेपालमा लगानीका अवसर तथा नेपाल–चीन आर्थिक सम्बन्ध विस्तार विषयक कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।

सो कार्यक्रममा ढकालले सरकारले लगानीमैत्री नीति तथा कानुन परिमार्जनसं“गै लगानीको वातावरण बन्दै गएको बताउनुहु“दै नेपालमा यतिखेर लगानीका लागि उत्कृष्ट समय रहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रम वेइजिङस्थित नेपाली राजदूतावास र र द इकोनमि ज्वाइट कमिटी अफ चाईना कमर्सियल स्टक इन्टरपिनीयर्सले संयुक्त रूपमा आयोजना गरेको हो ।

त्यस्तै लगानी तथा पर्यटन प्रवद्र्धनका लागि नेपाल चीन चेम्बर अफ कर्मस र बेजिङस्थित चाइना डेभलपिङ एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्र अनुसार दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदान प्रदान गर्नेछन् । व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदानमार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइलाई आपसी समझदारीमा समाधान गर्नेछ ।

साथै आर्थिक व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनार आदि कार्यक्रममा सहभागि हुन एक आपसमा सहयोग गर्ने समेत उल्लेख छ ।

सो अवसरमा संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले संघको दुई पक्षीय आर्थिक तथा लगानी प्रवद्र्धन, पर्यटन, कृषिको विकास गर्ने उद्देश्यले भएको र हालसम ३१ वटा चिनिया“ व्यवसायी संघ संस्थासं“ग समझदारी पत्रमा हस्ताक्षर गरी सहकार्य गर्दै आएको कुरा व्यक्त गर्नुभयो ।