यती एयरको चौथो एटीआर आयो

0
Shares

काठमाडौं, (नेस)
यती एयरलाइन्सले आफ्नो विमान संख्या तथा सेवा विस्तार गर्ने क्रममा चौथो एटीआर ७२–५०० विमान भित्र्याएको छ । उत्पादन क्रमसंख्या एमएसएन ७५४ तथा नेपाली रजिष्ट्रेशन नं.९ एन– एएनसी रहेको उक्त विमानले भिजिट नेपाल २०२० मा २० लाख पर्यटक पु¥याउने लक्ष्यलाई मद्दत गर्ने विश्वास यति एयरलाइन्सले लिएको छ ।

एटीआर ७२–५०० फ्रान्सेली – इटालियन कंसोर्टियम एटीआर द्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सबैभन्दा सफल क्षेत्रिय क्यारियर बनेको छ । साथै एटीआर ७२ ले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउदै गइरहेको छ ।

एटीआर ७२–५०० विमान दुई प्राट एण्ड व्हिट्नी पीडब्लु१२७ इन्जिनहरुद्धारा सञ्चालित छ । उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन,इन्धन बचत, उल्लेखनिय ध्वनीको कमी र कम ग्रीन हाउस ग्यास उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्दछन् ।

यती एयरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको शुरुवात गरेको हो र यतीसँग हाल एटीआर ७२–५०० विमान वाहेक बीएई स्यास्टेमको जे ४१ विमान ५ वटा र भगिनि संस्था तारा एयरको दुई वटा डोनियर ढिओ २२८ र चार वटा डीएचसी ६ टुवीनअटर विमानरहेको छ ।