रुपन्देहीलाई धार्मिक पर्यटनका रुपमा विकास गर्नु पर्नेमा जोड


यमलाल भुसाल, बुटवल ।
रुपन्देहीलाई धार्मिक पर्यटनका रुपमा विकास गर्नु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।

आर्थिक विकासको मेरुदण्डकाल रुपमा रहेको पर्यटनलाई आत्म साथ गर्दा जुन जिल्लामा जे छ त्यसैलाई प्राथमिकतामा राखेर विकास गरियो भने त्यसले सार्थकता पाउनेमा वक्ताहरुको जोड थियो ।

रुपन्देही जिल्लामा धार्मिक ,ऐतिहासिक र पुरात्वातिक स्थलहरु रहेकाले तिनको प्रचार प्रसार गरि ति स्थानमा आन्तरिक तथा बाह्य पर्यटक पुराउनका लागि जिल्लालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्नु पर्नेमा जोड दिईएको हो ।

जिल्लामा शान्तिका अग्रदुत भगवान गौतम वुद्ध जन्म स्थल मावली देवदह, ऐतीहासिक जितगढी किल्ला, रामापिथेकशको वंगारा, निर्माण सम्पन्नको चरणमा रहेको अन्तराष्ट्रिय विमान स्थल ,मुक्तिनाथधाम , सैनामैनामा रहेको वोलवम धाम, लगायतका धार्मिक तथा ऐतिहासिक स्थलको वारेमा प्रचार प्रसार गरि तिनै स्थलहरुमा पर्यटकहरुलाई पुराउनु पर्ने अहिलेको प्राथमिकता रहेको बताईएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ५ राधाकृष्ण पथमा सोमवारदेखि शुभारम्भ भएको मालारानी होटल एण्ड लजको उदघाटन समारोहमा वोल्ने वक्ताहरुले संघिय सरकार प्रदेश सरकार र स्थानिय तहले पर्यटन व्यवसायलाई आर्थिक उर्पाजनको पहिलो प्राथमिकतामा राखेर योजना वनाउनु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी सघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले होटल व्यवसाय पर्यटन उद्योग भएकाले यसमा लाग्नेहरुलाई गलत गर्ने छुट नभएको र गलतगर्ने व्यवसायीलाई संघले सहयोग नर्गर्ने चेतावनी दिनु भयो । उहाँले व्यवसायको महत्वलाई वझेर व्यवसायीक दाईत्व पुरा गर्नु पर्नेमा जोड समेत दिनु भयो ।

राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष यादव गैरेले भैरहवामा निर्माण भैरहेको अन्तराष्ट्रिय विमान स्थलको संचालनसंगै पर्यटक आगमनमा हुने वृद्धिलाई मध्यनजर गरि स्तरिय पर्यटकीय होटलको जरुरी देखापरेको धारणा राखनु भयो ।

कार्यक्रममा होटल संचालकद्धय भक्तिराम अर्याल लक्ष्मण भुसाल समाज सेवी कृष्ण जिसी लगायतले व्यवसाय लाई जिवन्तता दिन सेवाग्राहीलाई सन्तुष्टि दिन सक्नु पर्नेमा जोड दिनु भएको थियो । सवा करोडको लागतमा तयार गरिएको लजमा वातानुकुलित १४ वटा कोठा रहेका छन ।