पाथीभरा राष्ट्रिय पुरुष भलिबल


काठमाडांै, (नेस)।
तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल बैशाख २२ गते देखि हुने भएको छ ।

मैवाखोला गाउपालिका स्थित नरायाणी उमावीको खेल मैदानमा बैशाख २६ सम्म सञ्चालन हुने आईतवार पत्रकार सम्मेलन माफर्त आयोजकले जानकारी गराएको हो ।

प्रतियोगितामा ७ प्रदेशका सात टिम तथा बिभागिय आर्मी, पुलिस, सशस्त्र र विश्व विद्यालयको एक टिम गरी जम्मा ११ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्राकृतिक हिसावले लालीगुरासको राजधानी तिन्जुरे ,मिल्के, जलजले हुदै खेलस्थल मैवाखोला गाउपालिका पुगिन्छ ।

नेपाल भलिवल संघ र जिल्ला भलिवल संघ को प्रविधिक सहयोग मा आयोजना हुने प्रतियोगिता को नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ् जिल्ला निवासी हाल काठमाडौं म बसोबास गर्दै आउनु भएका युवा व्यबसायीहरु, बल बहादुर तमाङ, इश्वरी पौडेल, रमेश वरालले संयुक्त्त रुपमा गरेका छन् ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख, ५१ हजार, ५ सय ५, उपविजेतालाई १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । बिधागत पुरस्कारतर्फ बेस्ट सर्भर ,बेस्ट डिफेन्डर ,बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट सुइकर ,बेस्ट ओपन स्पाइकर ,बेस्ट कोचहरुलाई जनही ७,००० प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले नगद १५ हजार पाउनेछन् । प्रतियोगिता को प्रत्येक खेलको म्यान अफ दि म्याच लाई नगद २ हजार प्रदान गरिने पत्रकार सम्मेलमा संयोजक दिवस चोङ्वाङले जानकारी दिए ।

प्र्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन गरिनेछ ।