यसरी भएकाे थियाे काठमाडाैंकी उपमयेर कांग्रेस नेतृ हरिप्रभा खड्गीमाथि आक्रमण प्रयास

0
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अवैधानिक रुपमा निर्माण गरिएका सटरहरु भत्काउन गत शनिबारबाट सुरु गरेको हो । खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि त्यहाँ व्यावसाय गर्दै आएका व्यापारी आक्रोशित बनेका थिए । महानगरपालिकाले सामान सार्ने समयसमेत नदिई डोजर लगाएर सटर भत्काउँदा लाखौँ रुपैयाँ डुबेको उनीहरुको गुनासो छ ।सो क्रममा उपमेयर हरिप्रभा खड्गीमाथि व्यापारीहरुले आक्रमणको प्रयास भएकाे भन्दै अाक्राेस पाेखेका थिए ।

तर, प्रहरीको घेरामा थिइन् उपमेयर खड्गी । उनीमाथि दुर्व्यवहार हुन पाएन । प्रहरीले सुरक्षित रुपमा उपमेयर खड्गीलाई खुलामञ्चबाट बाहिर लैजान सफल भयो । तर, व्यापारीहरुले उनीविरुद्ध नाराबाजी गरेका थिए ।यसअघिव्यापारीले खुलामञ्च अतिक्रमण गरेपछि काठमाडौँबासीले वैशाख १२ गतेका दिन विरोध प्रदर्शन गरेका थिए । त्यसपछि महानगरपालिकाले त्यसको छानबिन गरी पसलहरु हटाइने बताएको थियो । शनिबार डोजर लगाएर त्यहाँ बनाइएका सटरहरु भत्काएको हो ।

भिडियाे हेर्नुहाेस

https://youtu.be/ME4Bu0qIoSo