विद्यालय जीर्ण बन्दा विद्यार्थी खुल्ला आकाशमुनी बस्न बाध्य


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ पिपलनेटामा रहेको शिव आधारभुत बिद्यालयका भवन जिर्ण छन् । भवन जिर्ण बन्दै गएपछि कुनै पनि बेला भत्कन सक्ने त्रासका कारण बिद्यार्थी खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य छन् । सदरमुकाम नजिकै रहेको सो बिद्यालय २०४६ सालमा स्थापना भएको हो ।

विद्यालय भवनहरु जिर्न हुँदा कुनै पनि बेला भत्कीन सक्ने त्रासका कारण बिद्यार्थीहरु खुल्ला आकाशमुनी चौरमा बस्न बाध्य भएको बिद्यालय परिवारले बताएको छ । बिद्यालय भवन जिर्न हुँदै जाँदा सम्म कसैको चासो नगएको बिद्यालयका प्रधानाध्यापक टेकबहादुर खत्रीले दुखेसो गर्नुभयो । प्रधानाध्यापक खत्रीले भन्नुभयो “बिद्यालय भवन जिर्न छन् तर नजिकै शिक्षा कार्यालय छ । कुनै पनि सरकारी तथा गैरसरकारी निकायले मतलव गर्दैनन् ।”

नजिकै जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय छ । मुसिकोट नगरपालिकाले पनि शिक्षाको क्षेत्रमा बजेट बिनियोजन गरेको छ । तर पनि यो बिद्यालयका भवनहरु दिनानुदिन जिर्न हुँदै जाँदा समेत सरकारको ध्यान नगएको स्थानीयले गुनासो गरेका छन् । बिद्यालयमा रहेका ३ वटै भवन कुनै पनि बेला भत्कन सक्ने अवस्थामा रहेकोले बिद्यालय भवन निर्माण तथा मर्मत सम्भारमा सरकारले ध्यान दिनुपर्ने स्थानीयले बताएका छन् ।