“रुकमैको सेरो र फेरो” मा जिल्लाको पहिचान झल्काउँदै तीलक


रुकुम ।
रुकुम पश्चिमको सानीभेरी गाँउपालिका घर भई राष्ट्रिय स्तरको कलाकार बन्न सफल नाम हो तिलक परियार । तिलक बिशेष गरी स्थानीय संस्कृति, भेषभुषा एवं नेपाली मौलिकपन मन पराउँछन् ।

नेपाली लोक संस्कृतिको संरक्षणका साथै प्रर्बद्धन गर्नका लागी तिलकले सँधै मौलिक गितहरु गाउने गर्दछन् । उनले गायका प्रायजसो गितहरु संस्कृति संरक्षण बिशेष छन् । तिलकले हालै मात्र रुकुमको पहिचान झल्कने खालको झ्याउरे गित रुकुमैको सेरोफेरो सार्वजनिक गरेका छन् ।

यस गितले रुकुम र सल्यानको झल्को दिएको छ । गितका शब्दमा मौलिकता ठाँउ र स्थान जस्तै रुकुमका पर्यटकिय ठाँउहरु सिम्ली बजार,ठुलो जाली जिउला,बुकी पाटन,मुसीकोट बजार आदि झल्किएको छ । गीतमा शब्द लक्ष्मण ओलीको शब्द रहेको भने लय यम बस्यालको रहेको छ ।

तिलक र प्रेम प्रकाश परियारको आवाजमा सजिएको गितको एरेन्ज अहिलेका चर्चित म्यूजिक एरेन्जर बिनोद बजुरेलीको रहेको छ । यस गीतको रेर्कडि मालाश्री डिजिटल स्टुडियो काठमाण्डौमा भएको हो । यस गीतको निर्देशन नृत्यमा अब्बल रहेका र बिगत दूई दशक देखि यो क्षेत्रमा काम गर्दै आएका नवराज शुबेदीको रहेको छ । गितमा अभिनय केशब राज शर्मा, दिल बहादुर सुनार,प्रेरणा र सबिनाको रहेको छ ।

भिडियाे हेर्नुहाेस्ः