दाङबाट बिराटनगर जादै गरेको बस पल्टियो, ३ जना गम्भीर


दाङ।
दाङको तुलसीपुर बाट बिराट नगर जादै गरेको यात्रु बस आईतबार बिहान दिउसो २ बजेतिर तुलसीपुर ६ हात्तीखौवामा दुर्घटनामा परेको छ ।
दाङ्ग प्रहरीका अनुसार तुलसीपुरबाट बिराट्नगर जादै गरेको ना ५ ख २२३४ नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो ।

तुलसीपुर घोराही सडक खण्ड अन्तर्गत पर्ने हात्तीखौवा सडकदेखि तल खसेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुशार घाइते हुनेमा – दङ्गीसरण गाउ पालिका २ का जमुना ओलि, बबई गाउ पालिका २ का सिताराम ओलि, तुलसीपुर ५ का यज्ञ बहादुर बिक , सल्यान सिद्धकुमाख गाउपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।