सिराहा,
विभिन्न मितिमा छुट्टाछुट्टै स्थानमा लाखौ रुपैयाँ लुटपाट गरी डाँका चोरी मुद्दाका फरार प्रतिबादी सिरहा नगरपालिका-१० मिर्चैया बस्ने २२ बर्षीय रबिन्द्र यादवलाई विभिन्न लागूऔषध सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
बिषेश सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिराहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले यादवलाई नाइट्राभेट २ सय ४५ ट्याब्लेट, नाईट्रोसन ८० ट्याबलेट, स्पासपालकन १६ थान, पिभोन स्पास प्लस ३२ ट्याब्लेट तथा चक्कु १ थान सहित सोही नगरपालिका- १७ माडरबाट फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया