लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालमा नयाँ नेतृत्व: गभर्नरमा इन्दु लम्साल, जिल्ला परिषदमा विनायक पौडेल


टंकराज अधिकारी, पोखरा।
पोखरामा सम्पन्न लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । महाधिवेशनले लायन बर्ष २०१९÷२० का लागि डिष्ट्रिक्ट गभर्नर पदमा इन्दु लम्साल, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका एस भोटका साथ विजयी हुनु भएको छ ।

द्वितीय भाइस गभर्नर पदका लागि प्रतिस्पर्धी ध्रुव श्रेष्ठलाइ पछाडि पार्दै विशेश्वर आचार्य विजयी हुनु भयो । आचार्य ५ सय ४४ मतका साथ विजयी हुँदा श्रेष्ठले ३ सय ३० मत पाँउनु भएको थियो ।

कुल ८९१ मतदाता रहेको महाधिबेशनमा ८७६ मत खसेको थियो । डिष्ट्रिक्ट गभर्नर लम्साललाई खसेको मतको ७७५ एस भोट ८७ नो भोट र १४ बदर भएको थियो भने प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर रोकालाई ७६८ एस भोट ९६ नो भोट र १२ भोट बदर भएको निर्वाचन संयोजक पूर्व डिष्ट्रिक्ट गर्भनर गौतममान श्रेष्ठले जानकारी दिनु भयो ।

यसैबीच नवनिर्वा्चित गभर्नर इन्दुु लम्सालले क्याविनेट सेक्रेटरी सहित केही महत्वपूर्ण पदमा नियुक्ति गर्नु भएको छ । लम्सालले क्याविनेट सेक्रेटरीमा विनोद ढुंगाना, ट्रेजररमा भीम लाल पौडेल, चिफ एडभाइजरमा महेन्द्र पौडेल, पिआरओ इन चिफमा रामचन्द्र पोखरेल तथा डिष्ट्रिक्ट एडमिनिटे«टरमा उदय कुमार नेपाललाई नियुक्त गर्नु भएको छ ।

नवनिर्वा्चित गभर्नर लम्सालले सबैको साथ र सहयोगबाट लायन वर्ष २०१९÷२० लाई उत्कृष्ट बनाउने उहाँकोे प्रतिबद्धता रहेको छ भने प्रथम र द्वितीय भाइस गभर्नर रोका र आचार्यले गर्भनरलाई सफल बनाउन हरतरहले लाग्ने बताउनु भयो ।

यसै गरी लियो डिष्ट्रिक ३२५ बी १ नेपालको सातौ महाधिबेशनबाट लियो जिल्ला परिषदको अध्यक्षमा विनायक पौडेल १७१ एस भोटका साथ विजयी हुनु भएको छ । वहाँकोे १५ भोट नो भोट र ३ भोट बदर भएको थियो । लियो जिल्ला परिषदको उपाध्यक्ष पदमा ३ जना बिच प्रतिश्पर्धा हुँदा लियो आर्दशमोहन भट्टराईले १३४ मतका साथ विजय हुनु भयो भने प्रतिश्पर्धी काठमाडौंका आशिष रिजालले ३७ र बाग्लुङका भुवन कँडेलले १८ मत प्राप्त गर्नु भएको लियो निर्वाचन संयोजक निवर्तमान डिष्ट्रिक्ट गर्भनर धनराज आचार्यले जानकारी दिनुभयो ।
शुक्रवार महाधिबेशनको उद्घाटन गर्दै लायन्सका निवर्तमान अन्र्तराष्ट्रिय प्रेसिडेन्ट डा नरेश अग्रवालले बिश्वका लायन्स क्लबहरुको ध्यान नेपालमा केन्द्रित भएको बताउदै नेपालका लायन्सले गरेको कार्यहरु उत्कृष्ठ र उदारणीय रहेको र आगामी दिनमा पनि अझै सकृय रुपमा लाग्न आग्रह गर्नु भएको थियो ।

लायन्सका पूर्व अन्र्तराष्ट्रिय डाईरेक्टर सञ्जय खेतानले नेपालको लायनवाद विश्मा नै उष्कृष्ट रहेको नेपाली लायन्सहरुले देखाएको मानविय सेवाका कार्यबाट अन्र्तराष्ट्रिय लायन्सको ध्यान नेपालप्रति आर्कर्षित भएको बताउनु भएको थियो ।

कार्यत्रममा एलसिआई एरिया लिडर बलकृष्ण बुर्लाकोटी, मल्टीपल काउन्सिल चेयरपर्सन डि आर खनालले मानविय सेवाका लागि नेपालीहरुको मन अत्यन्तै ठुलो रहेको बताउदै नेपाली लायन्सले समाजमा खेलेको भुमिका सहनिय रहेको बताउनु भयो ।

अध्यक्षताको आसनबाट बोल्दै डिष्ट्रिक्ट गर्भनर अशोककुमार श्रेष्ठले बिशेष गरी अपाङगता भएको क्षेत्रलाई प्राथामिकतामा राखी सामाजिक कामहरु सम्पादन गर्न लिभिङ बाई गिभिङ नारा लिएर ९ महिनाको अवधिमा डिष्ट्रिक्टले उल्लेख्य कार्य गर्न सफल भएको बताउनु भयो ।

महाधिबेशनमा पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन दिपक श्रेष्ठ, राजन लम्साल, प्रेम बहादुर श्रेष्ठ, गिरधारी शर्मा, पुर्व डिष्ट्रिक्ट गर्भनर ध्रुव बहादुर थापा, भुयोल शेरचन युक्तप्रसाद श्रेष्ठ, योगेन्द्र प्रधान क्याविनेट सेक्रेटरी राम बसेल, द्वितीय भाइस गभर्नर पदका प्रत्यासी ध्रुव श्रेष्ठ, चिफ पिआरओ परमेश्वर बराल लगाएतले नेपालमा लायन्सले पुर्याएको योगदानको बिषयमा चर्चा गर्नु भएको थियो ।