सापटी रकम फिर्ता नदिँदा साथीको हत्या

14
Shares

काठमाडाैं । सिरहाको लहान नगरपालिका–९ मा बलान खोलामा गत शनिबार हत्या गरी फालिएको अवस्थामा फेला परेका रतनबहादुर तामाङको आफ्नै साथीबाट हत्या भएको खुलेको छ।

४ हजार ५ सय रुपैयाँ फिर्ता नदिँदा उनकै साथी ज्ञानबहादुर थापा मगरले रतनको हत्या गरको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

रतनबहादुरले बिरामी हुँदा आफ्नै साथी सप्तरी राजविराज नगरपालिका– ३ निवासी ५५ वर्षीय ज्ञानबहादुर थापा मगरसँग ४ हजार ५ सय रुपैयाँ सापटी लिएका थिए ।

मगरले तामाङलाई ललाइफकाइ बजार घुम्न जाउँ भन्दै घरबाहिर लगि अघिअघि हिँडिरहका तामाङलाई पछाडिबाट खुकुरी प्रहार गरी हत्या गरेको मगरले प्रहरीसमक्ष बयान दिएका छन् ।