लागु औषध फरार अभियुक्त पक्राउ

0
Shares

सुभेन्द्र दास,  लहान  ।
सिरहा जिल्लाको संयुक्त प्रहरी टोलीले विभिन्न मुदामा  फरार रहेको अभियुक्त लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० बस्ने २२ वर्षीय रविन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी माधवराज खरेलले जानकारी दिएका छन्।

प्रवक्ता खरेलका अनुसार फरार अभियुक्त यादवलाई प्रहरीले लागुऔषध सहित सिरहा नगरपालिका १७ माडरबाट पक्राउ गरेको हो। यादवको साथबाट नाइट्रोभेट २४५ टयाबलेट, नाइट्रोसन् ८० टयाबलेट, एसपीएस पाल्कन १६ टयाबलेट, प्याभुन स्पास प्लस ३२ टयाबलेट लागुऔषध सहित एक थान चाक्कु बरामद भएका छन्।

पक्राउ परेका यादव फोनबाट विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिने गरेको समेत खुल्न आएको प्रवक्ता खरेलले जानकारी दिएका छन्। यादव लाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाइएको छ। केही महिना अगाडि मिर्चैया–कल्याणपुर सडकखण्डमा भएको लुटपाटमा पनि यादवको संग्लनता रहेको प्रहरीले जनाएका छन्।