सरकारी छाप किर्ते आरोपमा इन्जिनियर पक्राउ

0
Shares

सुभेन्द्र दास लहान, सिरहा । सिराहाको पूर्वाधार विकास कार्यालय प्रमुख डिभिजन इन्जिनियर राजकुमार गोइतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकामस्थित सरकारी निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । इन्जिनिर गोइतलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

सप्तरीबाट पक्राउ पूर्जी आएपछि निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

सप्तरी प्रहरीले सरकारी छाप किर्ते गरेको विषयमा छानबिनका लागि पक्राउ गरी पठाइदिन पत्र आएको श्रेष्ठले भनाई छ ।