जेट एयरवेजका कर्मचारीले किन गरे आत्महत्या ?

0
Shares

काठमाडौं । आर्थिक संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतको वायुसेवा कम्पनी ‘जेट एयरवेज’ का एक कर्मचारीले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार ५३ वर्षीय वरिष्ठ प्राविधिक कर्मचारी शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी तीन वर्षयता क्यान्सर रोगबाट पीडित थिए ।

पछिल्ला चार महिना उनको अवस्था गम्भीर हुँदै गएको थियो । प्रहरीका अनुसार उनले दुई महिनादेखि तलव पाएका थिएनन् । अस्पतालमा भर्ना गरिएका उनलाई गत शुक्रबार आफ्नै निवास महाराष्ट्रस्थित पालघरमा ल्याइएको थियो । शुक्रबार नै उनले घरको चौथो तलाबाट हामफालेर आत्महत्या गरेको बताइएको छ ।

शैलेषका जेठो छोरा पनि जेट एयरवेजमै काम गर्छन् ।