शहीद बुलेटिन विमोचन

0
Shares

दैलेख, (नेस)
दैलेखमा बुलेटिन बिमोचन गरिएको छ । दैलेख सदरमुकाममा शहिद मायाराम स्मृति प्रतिष्ठानद्धारा आयोजित एक समारोहका विच बुलेटनि बिमोचन गरिएको हो । बुलेटनि बिमोचनका अबसरमा नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनीधि सभा सदस्य राजबहादुर बुढाले बीरबिङ्गनाहरुको देशभक्ति र बलिदानीले नेपालमा संघीय गणतन्त्र स्थापनासम्मको सफलता प्राप्त भएको बताउनुभयो ।

बुढाले शहिद मयाराम रेग्मीको योगदान बारे अध्ययन अनुसन्धानसंगै सदरमुकाममा पुस्तकालय स्थापना लक्ष्य लगायतका प्रतिष्ठानले गरेका रचनात्मक कामले बिभिन्न कालखण्ड आहुति दिएका शहिद र प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुप्रतिको सम्मान भएको व्याख्या गर्नुभयो ।
कार्यक्रममा प्रतिनीधि सभा सदस्य रबिन्द्रराज शर्माले शहिद मयाराम रेग्मीको जीवन संघर्षले समाजमा जीवनलाई सार्थक बनाउन सिकाएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य पार्वतीकुमारी बिशुन्केले प्रतिष्ठानले २०५६ सालमा पहिलो पटक कक्षा ८ को उत्कृष्ट दलित छात्रछात्रा पुरस्कृत गर्दा आफूले त्यो पुस्कार ग्रहण गरेको सम्झना गर्दै यस्ता रचनात्मक कामलाई आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य मिना सिंह रखालले शहिदहरुको योगदान चर्चा गर्न थालेको अर्थवार्षिक बुलेटिन प्रकाशनलाई निरन्तरता दिन सुझाव दिनुभयो ।