दुर्गमका बिरामी बोक्न डोकोको भर

0
Shares

सलिम अन्सारी, प्युठान
सरकारको आँखा नपुग्दा दुर्गम क्षेत्रका नागरिक बिरामी पर्दा अझै पनि एम्बुलेन्सको विकल्पमा डोको प्रयोग गर्न बाध्य छन् । सडक सुविधा पुगेपनी एम्बुलेन्सको सुविधा नहुँदा जिल्लाको उत्तरी भेग गौमुखी क्षेत्रका अर्खा, रजवारा, स्वाउलिबाङ लगाएतका ठाउहरुमा बिरामीलाई अस्पताल पु¥याउन स्थानीयले डोकोको सहारा लिनुपर्ने बाध्यता छ ।

भौगोलिक विकटता र गाउमा एम्बुलेन्स नहुदा डोकोको भर गर्नुपने अबस्था रहेको स्थानिय वताउछन । प्राय सबै एम्बुलेन्सहरु बिजुवार क्षेत्रमै केन्द्रीत हुँदा दुर्गमका नागरिकले घण्टौँ लगाएर बिरामीलाई स्वास्थ्य संस्था पुर्याउँछन । सो क्षेत्रका मानिसमा स्वास्थ्य सेवाको सहज पहुँच पुग्न नसकेको अर्खाका मित्र थापाले बताउनुभयो। उहाका अनुसार सडक पुगेका ठाउसम्म बिरामी ल्याई पुर्याउन पनि एक देढ घण्टा समय लाग्छ । ‘कोही बिरामी भयो भने सजिलै स्वास्थ्यचौकीमा पुग्न सक्ने अवस्था छैन, उहाले भन्नुभयो ’स्ट्रेचर भए पनि उकालो गोरेटो बाटोमा बोक्नै समस्या हुन्छ।’डोकोमा बिरामी बोक्न बाध्य छौं’ –उहाले भन्नुभयो ।

गौमुखी गाउपालिका २ अर्खा भोबाङका थमन पुनको बिहे गरेको २२ बर्सपछी अहिले पहिलो सन्तानको रुपमा एउटा छोरिको जन्म भयो । अर्खा स्वास्थ चौकिमा आफ्नी श्रीमतीलाई सुत्केरी गराएर घर तर्फ फर्कदै हुनुहुन्थ्यो उहा। श्रीमतीलाई डोकोमा बोकेर पसिना चुहाउदै उकालो लाग्दै गरेका पुनले गाउमा मोटरबाटो खुले पनि यातायातका साधन नहुंदा डोकोमै बिरामी बोक्नुपरेको बताउनुभयो। ’एउटा एम्बुलेन्स गाउमा चाहिएको छ।’ उहाले भन्नुभयो, केही सजिलो त हुन्थ्यो’ गौमुखी गाउपालिकाका अध्यक्ष विष्णु कुमार गिरिले स्थानीयको सुविधाका लागी रजवाराका भुपु सैनिकहरुले सन्चालनमा ल्याएको एम्बुलेन्स बिग्रेको कारण एस्तो समस्या भएको बताउनुभयो। छिटै मर्मत गरेर एम्बुलेन्स सन्चालनमा ल्याउने उहाको भनाई छ । अप्ठ्यारो भुगोलका कारणल पनि जनताका गुनासालाइ सुन्न चाहेर पनि समाधान गर्न नसकिएको उहाले दुखेसो पोख्नु भयो ।