जोखिमपूर्ण समुदायको आवास निर्माणमा सहयोग

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
दोलखाको शैलुङ गाँउपालिकामा जोखिमपूर्ण समुदायको नीजि आवास निर्माणको लागि युरोपेली आयोगको मानविय सहयोग तथा नागरिक सुरक्षा विभाग र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको आर्थिक सहयोगमा ग्रामीण उद्यम विकास केन्द्र दोलखाले निर्माण सामग्री सहयोग गरेको छ ।

युरोपेली आयोगको मानविय सहयोग तथा नागरिक सुरक्षा विभाग र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको आर्थिक सहयोगमा ग्रामीण उद्यम विकास केन्द्र (आरईडिसी) दोलखाको जिविकोपार्जन कार्यक्रम अन्र्तगत उपलब्ध रकमबाट वडा नम्बर ३, ४, ५, ६ र ७ को जोखिमपूर्ण समुदायका ५० घर निर्माणमा सहयोग गरेको ग्रामीण उद्यम विकास केन्द्र (आरईडिसी) दोलखाका अध्यक्ष जगदीश शिवाकोटीले बताए ।
शैलुङ गाँउपालिकाको वडा नम्बर ३, ४, ५, ६ र ७ को १०÷१० वटा घर निर्माणको लागि ५० हजार बराबरको निर्माण सामग्री उपलब्ध गराईएको संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) का कार्यक्रम अधिकृत हिमालय ओझाले बताए । ग्रामीण उद्यम विकास केन्द्र (आरईडिसी) दोलखाको सहयोगमा निर्माण भएका ५० वटा घरहरु मध्य केहि घरहरु तालजाली राखिएको वाल र जस्ताको छाना सहितको भुकम्प प्रतिरोधि नयाँ प्रविधिबाट निर्माण गरिएको ग्रामीण उद्यम विकास केन्द्र (आरईडिसी) दोलखाका कार्यकारी निर्देशक सुमन उप्रेतीले बताए ।

त्यसैगरी युरोपेली आयोगको मानविय सहयोग तथा नागरिक सुरक्षा विभाग र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको आर्थिक सहयोग एवं शैलुङ गाँउपालिकाको समन्वयमा ग्रामीण उद्यम विकास केन्द्र दोलखाले स्थापना गरेको २५ लाख रुपैयाको घुम्ती कोषबाट विपन्न भुकम्प पीडितहरुलाई निजि आवास निर्माणको लागि निश्चित अवधिको लागि ऋण सहयोग समेत उपलब्ध गराउदै आएको आरईडिसीका कार्यकारी निर्देशक उप्रेतीले बताए ।

गाँउपालिकाको पाँच वटा वडामा ५÷५ लाखको दरले स्थापना गरिएको घुम्ती कोषबाट विपन्न भुकम्प पीडितहरुले अनुदान रकम नआउदासम्म निश्चित अवधिको लागि केहि रकम सापट लिएर घर निर्माण गर्न सकेको शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलाल बताउछन् । कोषले वडाको सिफारीसमा एक जना विपन्न भुकम्प पीडितलाई ५० हजार रुपैयासम्म सापट दिदै आएको पनि गाँउपालिका प्रमुख दुलालले बताए । निब्र्याजी रुपमा ५० हजार रुपैया सापट पाउने भएकोले विपन्न भुकम्प पीडितहरुको लागि उक्त कोषले उपलब्ध गराउने सहयोग निक्कै उपयोगी देखिएको आरईडिसी दोलखाका कार्यकारी निर्देशक उप्रेती बताउछन् ।