व्यक्तिगत लगानीमा भजनकीर्तन भवन निर्माण

0
Shares

वासुदेव शर्मा, जाजरकोट
जाजरकोट भेरी नगरपालिका–४ रामजानकी मन्दिरमा भक्तजनहरुलाई भजन कृतन गर्नको लागी व्यक्तिगत जग्गामा भनव निर्माण हुन लागेको छ । भक्तजनहरुलाई पुजा पाठ गरी सकेपछि भजन कृतन गर्न लगाएत वाहिरका भक्तजनहरु मन्दिरमा पुजा पाठ गर्नको लागी आए मन्दिरमा वस्ने र कृतन गर्ने भवन नहुदाँ भेरी नगरपालिका ४ का ७५ वर्षिय सिता भण्डारीले मन्दिर सगै रहेको दुई कोठे भवन भत्काएर मन्दिरको नाममा भवन निर्माण गर्न लाग्नु भएको हो ।

जाजरकोटकै पुरानो भेरी नगरपालिकाको ४ मा रहेको रामजानकी मन्दिरले यस क्षेत्रलाई रामजानकी टोलका रुपमा प्रख्यात रहेको छ । यस रामजानकी मन्दिरमा रामनवमी हरेक महिनाको एकादशीका दिन श्रद्धालु भक्तजनहरु पुजा पाठ भजन कृतन गर्न आउने गर्दछन् । भक्तजनहरुलाई वस्नको लागी व्यवस्था व्यवस्थित नभएकोले करीव ३ आना वरावरको मन्दिर सगै रहेको जग्गामा ७ लाख रुपैयामा भवन निर्माणको जिम्मा दिनु भएको छ ।

आफनो व्यक्तिगत भवन भत्काएर काठ ढुगा सवै मन्दिरकै भवनमा लगाउने गरी ७ लाख रुपैयामा निर्माण गर्न लाग्नु भएको हो । जिल्लाकै पुरानो रामजानकी मन्दिर आफनै जग्गा मन्दिरलाई दिएर मन्दिर निर्माण गरेको बताउदै भक्तजनहरुलाई वस्ने व्यवस्था नहुदाँ मन्दिरलाई भवन वनाई दिन लागेको वताउनु भयो ।

जाजरकोट खलंगा सदमुकामको मुलबाटोमा पर्ने उक्त मन्दिरलाई संरक्षण गर्न स्थानिय सरकार लगाएत कुनै पनि सरोकारवालाहरुको ध्यान नगएका कारण आफनै व्यक्तिगत लगानीमा भजन कृतन भवन निर्माण गर्न लागेको वताउनुभयो ।