पार्टी बनाउनमै व्यस्त सरकार, देश बनाउन छोड्यो

0
Shares

सञ्जय कार्की, रौतहट
नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकार देश बनाउन छाडेर आफनो पार्टी बनाउन लागेको आरोप लगाउनुभयो । रौतहटको राजपुर फरहदवामा आयोजित नेपाली काग्रेसको बृहत जनसभा लाई सम्बोधन गर्दै उहाले दुनियामा हराईसकेको कम्युनिष्टहरु नेपालमा भने बहुमत प्राप्त सरकार बनेदेखिनै मुलुकमा हिसा, अराजकता, हत्या, भ्रस्टाचार, महगी बढेको बताउनु भयो ।

बिकास र शुसासन दिन नसकेको नेकपाको सरकारले जनहितका कार्य गर्नु भन्दा पनि आफना कार्यकर्ताको भरणपोषणमा मात्र सीमित भएको बताउनु भयो । काग्रेसले शुरु गरेको योजनाको नेकपाको सरकारले उदघाटन बाहेक केही गर्न नसकेको भन्नु हुदै उहाले कम्युनिष्टले देखाएको बिकास र सम्बृद्धिको कुरा नारामा मात्र रहेको छ ।

बालुवाटारको प्रधानमंन्त्रि निबास बेचेर खाने कम्युनिष्ट सरकारले अहिले आएर खुल्ला मन्च समेत बिक्री गरेको बताउनु भयो । नेपाली काग्रेसका बरिष्ट नेता पौडेलले पानी जहाजको कुरा केपी ओलीको सरकारले गर्छन नेपाली काग्रेसले तराईको भुमीमा सिचाई सुबिधा पुरयाउने कुरा गर्छ भन्नु हुदै उहाले मुलुक लोकतान्त्रिक भैसक्दा नेपाली काग्रेस भने लोकतान्त्रिक हुन नसकेको बताउनु भयो । उहाले अहिलेको केन्द्रिय समिति बाट केही काम पनि हुन नसक्ने भन्नु हुदै उहाले १४ औ महाधिबेशन गर्नु पर्ने धारणा राख्नु भयो । उता नेपाली काग्रेसका महामन्त्रि शसाक कोईरालाले भने नेपालको प्रमुख तीन पद मध्ये एक पद मधेशी समुदायमा हुनु पर्ने बताउनु भयो ।

उहाले राष्ट्रपति, प्रधानमंन्त्रि र सभामुख मध्ये एक पद मधेशी समुदायले पाउनु पर्ने बताउनु भयो । नेपाली काग्रेसले ०४८ साल यता १५ बर्ष सरकार चलाउदै सडक, बिश्वबिद्यालय, मेडिकल, सिचाई जस्ता थुप्रै बिकासको कार्य गरेको बताउनु भयो । उहाले कम्युनिष्टले १३ बर्ष सरकार चलाउदा केही पनि गर्न नसकेको बताउनु भयो । नेपाली काग्रेसले संबिधान दिएको भन्नु हुदै अब महिला लाई ३३ प्रतिशत हैन ५० प्रतिशत अधिकार शुनिश्तिता गराउन नेपाली काग्रेसले भुमिका खेल्ने बताउनु भयो ।

सो सभा लाई प्रतिनिधि सभा सदस्य शेख मोहम्मद अफताब आलम र देब प्रसाद तिमल्सिनाले समेत सम्बोधन गर्नु भएको थियो । सोही जनसभामा पुर्बमंन्त्रि एबम प्रतिनिधि सभासदस्य शेष मोहम्मद अफताब आलम, देब प्रसाद तिमल्सिनाले समेत सम्बोधन गर्नु भएको थियो ।