डुबेर दुई बालकको मृत्यु

0
Shares

सर्लाही, (नेस)
पौडी खेल्न क्रममा डुबेर सर्लाहीमा दुई जना बालकको ज्यान गएको छ । शनिवार दिउँसो ईश्वरपुर नगरपालिका–९ कुरैनिया निवासी बिजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो।

त्यसै गरी बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको ज्यान गएको छ । दिउँसोको गर्मी छल्न बालबालिकाहरु नदी, खोला पोखरीमा पौडी खेल्न जाने गरेका छन। दिउसो खोला पोखरीमा पौडी खेल्दै गर्दा उनीहरू दुबैको ज्यान गएको हो। दुवै बालकको शव पोष्टमार्टमका लागि साँझ जिल्ला अस्पताल मलंगवा पठाएको प्रहरीले जनाएको छ।