‘विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क वलात्कार हो’

0
Shares

नयाँदिल्ली,(एजेन्सी)
यदि कुनै पुरुषले एक महिलासंग विवाह गर्छुँ भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन समबन्धलाई वलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सवोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई वलात्कार नै ठहर गरेको छ ।
भारतको केन्दि«य राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको महत्वुपूर्ण सुनुवाई गर्दै अदालतले यस्तो निर्णय दिएको हो । ति अभियुक्त डाक्टरले विवाह गर्छुँ भन्दै एकजना महिलासंग सहमतिमा यौन सम्पर्क गरेका थिए । तर पछि उनले अर्कै महिलासंग विवाह गरेपछि उनी विरुद्ध पहिलो महिलाले मुद्धा दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतका न्याधिशद्वय एल नागेश्वर र एमआर शाहले विवाह गरिने विश्वासमै ति महिलाले डाक्टरसंग यौन समबन्ध राखेको र डाक्टरले आफ्नो वचन पूरानगरेपछि यसलाई सहमतिमा भएको सम्बन्ध मान्न नसकिने निर्णय दिएका थिए । यौ मामिलामा भारतको समाजको विचारधार अझै पनि निकै संकुचित रहेको पाइन्छ । महिलाको कुमारित्वलाई निक ैप्राथमिकता दिइने भारतिय समाजमा विवाह पुर्वको यौन सम्वन्ध स्विकार्य छैन ।

यद्यपि सर्वोच्चका यि न्यायधिशले तल्लो अदाति डाक्टरलाई सुनाएको दस वर्ष लामा कैद छोट्याएर सात छन् । तर यो मात्र पहिलो यस्तो वलात्कारको घटना होइन । सन् २०१६ मा प्रहरी समक्ष यस्तो घटनालाई लिएर १० हजार ६८ वटा उजुरी परेको थियो । सन् २०१५ भने यसको संख्या ७ हजार ६ सय ५५ मात्र रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

तर यस्ता घटनामा पनि पछिल्ला समयमा केहि व्यक्तिले उन्मुक्ति पाइएको स्थिती पनि छन् । उदाहरणका लागि सन् २०१९ को अप्रिलमा भारतको दक्षिणी राज्य कर्णाटकको एक अदालतले सम्वन्ध टुटिसकेपछि शिक्षित महिलाहरुले विवाह पुर्वको सहमतिमा राखेको यौ सम्बन्धलाई वलात्कारको संज्ञा दिन नमिल्ने भन्दै एकजना पुरुषलाई जमानतमा रिहा गरेको थियो ।

साथ ैसन् २०१७ मा एकजना वरिष्ठ पत्रकारलाई उनका एक महिला सहकर्मिले यौन उत्पीडन गरेको अभियोग लगाएपछि प्रहरीले गिरफतार गरेको थियो । एक वर्ष देखि सम्वनधमा रहेका तिनलाई पत्रकारले विवाह गर्ने वाचा गरेपनि पछि आफ्नो विचार परिवर्तन गरेका थिए । सन् २०१६ मा पनि राजधानी नयाँदिल्लीमा एकजना महिलाले एक स्कटिस नागरिकलाई पााच महिनासम्म सम्बन्धमा रहेर पनि विवाह नगरेको भन्द ैप्रहरीमा उजुरी गरेकीथिइन् ।

तर सन् २०१७ मा दिल्ली उच्च अदालतका न्यायधिश प्रतिभा रानीले भन महिलाहरुले ‘वेन्देत्ता ’ नामक वलात्कार समबन्धी कानुनको दुरुपयोग गर्दै पुरुषसंगको सम्बन्ध चिसिना साथ वलात्कारको आरोप लगाउने गरेको बताएकी थिइन् ।