कोलम्बो,(एजेन्सी)
सुरक्षा फौजले श्रीलंका शुक्रवार राती गरेको सुरक्षा कारबाहीका क्रममा पन्ध्रजना व्यक्ति मारिएको सरकारी शनिवारसंचार माध्यमले जनाएको छ । उक्त सुरक्षा कारबाहीमा मारिनेमा छ जना बालबालिका र तीन जना महिला समेत रहेको बताइएको छ । प्रमुख योजनाकार हासिमको गह नगर नजिकको सेन्थामारुथुमा छापा मारेको हो
श्रीलंकाको पुर्वी भाग काल्मुनाइमा शंकास्पद व्यक्तिहरु लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले घेराहालेर आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।
यस भिडन्तमा मृत्यु हुनेमा जियादीहरु पनि रहेका छन् । तिनीहरुले आत्मघाती विस्फोट गराएको पनि प्रहरीद्धारा जारी भएको वक्तव्यमा उल्लेख छ ।
घटनास्थलबाट प्रहरीले शनिबार विहान मात्र शव उठाएको हो । प्रहरीले अन्य आशंकित व्यक्तिको खोजी अभियान पनि जारी राखेको छ ।
श्रीलंकाको प्रहरी र सेनाले संयुक्त रुपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आइएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सुरक्षा कारबाहीका क्रममा अहिले सम्म सुरक्षाकर्मी तर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ ।
यसैबिच श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले आफुले इस्टर सन्डेको श्रंखलावद्ध बम आक्रमण पूर्व गूप्तचर सेवाले दिएको चेतावनीको जानकारी नै नपाएको विविसिलाई बताएका छन् ।
उनले सुरक्षा निकायले सो पुर्व जानकारी पाएपनि त्यसवारेको सुचना आफुसम्म नपुराइएको गुनासो पनि गरेका छन् । सोहि सुरक्षा सतर्कताको लापरवाही र त्रुटिको कारण कम्तिमा २ सय ५० जना व्यक्तिले ज्यान गुमाउनु परेको थियो । श्रीलंकाका प्रहरी प्रमुखले बमकाण्डपछि नैतिकताक ैआधारमा राजिनामा दिइसकेका छन् । तर विक्रमसिंघेले आफुले पुर्व चेतावनीको जानकारी नपाए भन्नुको अर्थ पदबाट राजिनामा दिनुपर्दै भन्ने नभएको बताएका छन् । त्यसैगरी घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरु नै दोषी रहेको भन्दै तिनीहरुलाई बर्खास्त गरिएको छ ।











प्रतिक्रिया